धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित इन्द्रेणी दोहोरी साँझअगाडि छ लेन सडकमै युवाहरूको दुई समूहबिच कुटाकुट भएको छ । शनिबार राति सडकमै भएको हानाहानको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
सार्वजनिक भिडियोमा रातिको समयमा तीन–चार जना युवाको समूहले अर्का एक युवालाई सडकमै हेल्मेटले प्रहार गरिरहेको देखिन्छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाका अनुसार घटनाको जानकारी पाएलगत्तै वडा प्रहरी कार्यालयबाट टोली परिचालन गरिएको थियो । तर, प्रहरी घटनास्थल पुग्नुअगावै कुटाकुटमा संलग्न युवाहरू फरार भइसकेकाले कोही पनि पक्राउ नपरेको उनले बताए ।






