काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) दुईदिने औपचारिक राजकीय भ्रमणका लागि आज (आइतबार) भारत प्रस्थान गर्दै हुनुहुन्छ । प्रधानमन्त्री शाहको नेतृत्वमा ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डल दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको विमानमार्फत नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका सम्पूर्ण तयारी पूरा भई प्रस्थानको अन्तिम चरणको काम भइरहेको छ । प्रधानमन्त्रीको प्रस्थानलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा उच्च सुरक्षा व्यवस्था मिलाइएको छ ।
यसैबिच, प्रधानमन्त्री शाहको स्वागतका लागि नयाँदिल्लीमा भव्य तयारी गरिएको नेपाली दूतावासले जनाएको छ । दिल्ली गेट, हैदरावाद हाउस र होटल ताजमहल आसपासका मुख्य सडक तथा चोकहरूमा नेपाल र भारतका प्रधानमन्त्रीको तस्बिरसहित दुवै देशका राष्ट्रिय झन्डा फहराइएको दूतावासले जानकारी दिएको छ ।






