डडेल्धुरा। जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत एक प्रहरी जवान जङ्गलमा मृत अवस्थामा फेला परेका छन्।
बैतडीको सिगास गाउँपालिका–३ घर भई हाल जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत प्रहरी जवान ठगेन्द्रसिंह बोहरा अमरगढी नगरपालिका–५ स्थित स्थानीय जङ्गलमा मृत फेला परेका हुन्।
प्रहरीका अनुसार बोहरा जङ्गलमा रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। प्रारम्भिक अनुसन्धानका क्रममा उनले घटना हुनुअघि झुन्डिन लागेको तस्बिर आफ्नी श्रीमतीलाई पठाएको पाइएको छ।
शव फेला परेलगत्तै घटनास्थल सुरक्षित गरी कानुनी प्रक्रिया अघि बढाइएको र घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।




