बाढी पूर्वानुमान महाशाखाको चेतावनी : बेनीघाटमा अति उच्च जोखिम, सतर्क रहन अपिल

प्रकाशित मिति:
spot_img

काठमाडौं । बूढीगण्डकी नदीमा पानीको बहाव खतराको तहभन्दा माथि पुगेपछि तल्लो तटीय क्षेत्र बेनीघाटदेखि मुग्लिनसम्म बाढीको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले विशेष सूचना जारी गर्दै बेनीघाट क्षेत्र अति उच्च जोखिममा रहेकाले त्यहाँका बासिन्दालाई तत्काल सुरक्षित तथा उच्च स्थानमा सर्न आग्रह गरेको हो।

महाशाखाका अनुसार चितवन र नवलपरासीका नदी तटीय क्षेत्रमा पनि मध्यम जोखिम रहेकाले स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन भनिएको छ।

बाढीको पछिल्लो अवस्था तथा पूर्वसूचनाबारे थप जानकारी लिनका लागि ‘नेपाल बाढी सूचना’को आधिकारिक फेसबुक पेज हेर्न वा ११५५ डायल गरी विकल्प २ रोजेर बुझ्न सकिने महाशाखाले जनाएको छ।

ताजा समाचार