धनगढी । चालु आर्थिक वर्ष सुरु भएको झण्डै तीन महिनापछि सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट प्रस्तुत गर्दै छ। मन्त्रिपरिषद्को बैठकबाट पारित भएसँगै केही बेरमा बस्ने प्रदेशसभा बैठकमा बजेट पेस गर्ने तयारी गरिएको हो।
प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट वक्तव्य प्रस्तुत गर्नेछन्। लामो समयको राजनीतिक तथा प्राविधिक अन्योलपछि सरकारले ढिला गरी आज पूर्ण बजेट ल्याउन लागेको हो।





