दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

प्रकाशित मिति:
spot_img

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा–चाँदनी नगरपालिकालाई जोड्ने महाकाली नदीमाथिको बहुचर्चित झोलुङ्गे पुलको पुनर्निर्माण तथा मर्मत सम्भारका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८३/८४ का लागि आज प्रदेशसभामा पेस भएको वार्षिक बजेटमार्फत उक्त रकम छुट्याइएको आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले जानकारी दिनुभएको हो।

केही दिनअघि महाकाली नदीमा आएको भीषण बाढीको तीव्र बहावले पिल्लर भत्काएपछि झोलुङ्गे पुलको मुख्य संरचना नदीमा खसेर क्षतिग्रस्त बनेको थियो। विसं २०६१ सालमा निर्माण सम्पन्न भएको यो लामो झोलुङ्गे पुल दोधारा–चाँदनी क्षेत्रका नागरिकलाई जिल्ला सदरमुकाम, महेन्द्रनगर बजार तथा अन्य मुख्य भूभागसँग जोड्ने प्रमुख लाइफलाइन मानिन्छ। पुल भत्किएसँगै स्थानीय बासिन्दा, विद्यार्थी, बिरामी तथा दैनिक आवागमन गर्ने सर्वसाधारणको दैनिकी निकै कष्टकर र प्रभावित बनेको छ।

पुल क्षतिग्रस्त भएको खबर पाएलगत्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टसहित विभागीय मन्त्रीहरूको टोलीले सोही दिन घटनास्थलमा पुगेर प्रत्यक्ष स्थलगत निरीक्षण गरेको थियो। मुख्यमन्त्रीको टोलीले आवतजावतलाई पुनः सहज बनाउन तत्काल आवश्यक बजेटको व्यवस्था गर्ने र मर्मत अघि बढाउने प्रतिबद्धता जनाएबमोजिम नै प्रदेश सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गरेको हो।

spot_img

ताजा समाचार