धनगढीमा पानी तान्ने मोटरबाट करेन्ट लाग्दा एक महिलाको मृत्यु

प्रकाशित मिति:
spot_img

धनगढी । धनगढीमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ। धनगढी उपमहानगरपालिका–१९ जे गाउँ बस्ने ४७ वर्षीया लालमोती चौधरीको करेन्ट लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मङ्गलबार साँझ आफ्नै घरको नल्कामा जडान गरिएको मोटरबाट पानी तान्ने क्रममा चौधरीलाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि धनगढीस्थित नवजीवन अस्पताल लगिएकोमा चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा समाचार