जाजरकोटको जुनिचाँदेमा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

प्रकाशित मिति:
spot_img

जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ गैरीगुवामा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

मृत्यु हुनेहरूमा जिप चालक जुनिचाँदे गाउँपालिका–९ कल्ली स्याला निवासी २० वर्षीय सन्तबहादुर बस्नेत र सोही गाउँपालिका–३ स्याला निवासी ३० वर्षीया बिपना भण्डारी छन्।

दुर्घटनामा बिपनाका ३० वर्षीय पति दिलबहादुर भण्डारी, उनका चार वर्षीय छोरा सुशील भण्डारी र ५० वर्षीया सितला टमटा घाइते भएका छन्। उनीहरूको टाउको, छाती र हातमा चोट लागेको भए पनि अवस्था मध्यम रहेको छ। घाइते तीनै जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ।

सुर्खेतबाट जुनिचाँदेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको जिप आज बिहान करिब २ः०० बजे अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

ताजा समाचार