महेन्द्रनगरमा क्यालिबर शुजको नयाँ आउटलेट सञ्चालनमा, उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लद्वारा उद्घाटन

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित गल्ली नम्बर २ मा नेपाली जुत्ता–चप्पल ब्राण्ड क्यालिबर शुजको नयाँ आधिकारिक आउटलेट औपचारिक रूपमा सञ्चालनमा आएको छ। जोरा २१ फुटवेयरले आधिकारिक विक्रेताका रूपमा ल्याएको उक्त आउटलेटको कात्तिक १ गते आयोजित एक विशेष कार्यक्रमका बिच कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लले रिबन काटेर उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि मल्लले स्थानीय स्तरमा गुणस्तरीय नेपाली ब्राण्डहरूको पहुँच विस्तार हुनु स्वागतयोग्य रहेको र यस्ता स्वदेशी ब्राण्डको प्रवर्द्धनले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै उपभोक्तालाई स्तरीय उत्पादन प्राप्त गर्न सहज हुने बताए।

स्थानीय व्यवसायी, उद्योगी, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रममा जोरा २१ फुटवेयरका सञ्चालकहरूले ग्राहक वर्गलाई ध्यानमा राख्दै सबै उमेर समूहका लागि उपयुक्त, आकर्षक र कम्फर्टेबल जुत्ता–चप्पलहरूको नयाँ कलेक्सन उपलब्ध गराइएको जानकारी दिएका छन् भने उद्घाटनको अवसर पारेर आउटलेटमा विशेष छुट र नयाँ डिजाइनका कलेक्सनहरू बिक्रीका लागि राखिएको छ।

spot_img

ताजा समाचार