काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उद्घाटनका अवसरमा सफलताको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। आजदेखि सुरु हुन लागेको यो प्रतियोगिताले छोटो समयमै देशकै प्रमुख खेलकुद उत्सवका रूपमा ख्याति कमाएको उहाँले बताउनुभएको छ।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले एनपिएल केही वर्षमै देशको ठुलो खेलकुद प्रतियोगितामा परिणत भएको उल्लेख गर्नुभएको छ। उहाँले प्रतियोगितामा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरहरूलाई नेपालमा हार्दिक स्वागत गर्नुभएको छ।

साथै, प्रधानमन्त्री शाहले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सम्पूर्ण नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट सङ्घ (क्यान) लाई भव्य आयोजनाका लागि शुभकामना दिनुहुँदै ‘नेपाली क्रिकेट अमर रहोस्’ भनी शुभेच्छा प्रकट गर्नुभएको छ।






