कञ्चनपुरमा ट्याक्टर र इलेक्ट्रिक स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर । कञ्चनपुरमा ट्याक्टर र इलेक्ट्रिक स्कुटर एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ।

भीमदत्त नगरपालिका–१० तिल्केनीस्थित भित्री सडक खण्डमा म १ त ६११ नम्बरको ट्याक्टर र इलेक्ट्रिक स्कुटर आपसमा ठोकिँदा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक भीमदत्त नगरपालिका–१० का १८ वर्षीय आशिष बमको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

दुर्घटना लगतै बमलाई उपचारका लागि कैलालीको धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो। उनको अस्पतालमा उपचारकै क्रममा शनिबार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्याक्टर चालक भीमदत्त नगरपालिका–९ का ५८ वर्षीय प्रेमसिंह भण्डारीलाई नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न ट्याक्टर नियन्त्रणमा लिई चालकमाथि थप कानुनी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

spot_img

ताजा समाचार