काठमाडौँमा गैरकानुनी रूपमा बस्दै आएका पाँच विदेशी नागरिक पक्राउ

प्रकाशित मिति:
spot_img

काठमाडौं । काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँच जना विदेशी नागरिकलाई सशस्त्र प्रहरी बल, नेपालले नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा एपीएफ इन्टेलिजेन्स ब्युरो र सशस्त्र प्रहरी बल, नेपाल नं. १८ गण हेडक्वार्टरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई सोमबार साँझ काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा बङ्गलादेशी नागरिक मोहम्मद कुर्वान अलि, जाहिंगिर आलम, रोनित रोय चौधरी, अकम अब्ल्लाह तथा बङ्गलादेशी मूलका ब्राजिलियन नागरिक रफत मिहा रहेका छन्। नेपालमा गैरकानुनी रूपमा बसोबास गरिरहेका ती पाँचै जना विदेशी नागरिकलाई आवश्यक कानुनी कारबाहीका लागि अध्यागमन विभागमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

spot_img

ताजा समाचार