काठमाडौँमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक, प्राकृतिक फूलका लागि २६ स्थान तोकियो

प्रकाशित मिति:
spot_img

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आसन्न तिहारलाई लक्षित गरी प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्रीको बिक्रीवितरणमा पूर्ण रोक लगाएको छ। महानगरपालिकाले आज एक सूचना जारी गर्दै त्यस्ता सामग्री बिक्रीवितरण नगर्न व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई आग्रह गरेको हो। नियमविपरीत प्लास्टिकजन्य सामग्री बिक्री गरेको पाइएमा जफत गरिने चेतावनीसमेत महानगरले दिएको छ।

स्वदेशी किसानले उत्पादन गरेका प्राकृतिक फूल तथा मालाको बिक्रीवितरणलाई प्रोत्साहन गर्न महानगरपालिकाले नगर क्षेत्रभित्रका २६ स्थान तोकेको छ। तोकिएका स्थानहरूमा बानेश्वर, शङ्खमूल, चाबहिल, तीनकुने, सिफल, बत्तीसपुतली, स्वयम्भू, कालीमाटी, कलङ्की, नयाँ बजार, माछापोखरी, हाँडीगाउँ, सामाखुसी, महाराजगञ्ज, गोँगबु, चप्पल कारखाना, बालुवाटार, कमलादी, पुतलीसडक, अनामनगर, टेवहाल, सुन्धारा, न्यूरोड, लगन, जैसीदेवल र भृकुटीमण्डप रहेका छन्।

महानगरपालिकाले तोकिएका स्थानमा मात्र किसानले उत्पादन गरेका प्राकृतिक फूलमाला बिक्री गर्न व्यवसायीलाई आग्रह गरेको छ। बिक्रीवितरणलाई व्यवस्थित बनाउन तथा सहजीकरणका लागि नगर प्रहरी बल परिचालन गरिने महानगरद्वारा जारी सूचनामा उल्लेख छ।

spot_img

ताजा समाचार