तिहार च्याम्पियनसिप २०८३’ स्नुकरको उपाधि धीरज चन्दलाई, नेहाल सुनार उपविजेता

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित ‘द स्नुघर क्याफे’मा सम्पन्न ‘तिहार च्याम्पियनसिप २०८३’ स्नुकर प्रतियोगिताको उपाधि धीरज चन्दले जितेका छन्। पछ्याण वेयर्सको मुख्य प्रायोजनमा सञ्चालन भएको यस प्रतियोगिताको फाइनल भिडन्तमा धीरजले नेहाल सुनारलाई ३–० को सोझो फ्रेममा पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेका हुन्।
‘बेस्ट अफ फाइभ’को आधारमा खेलाइएको फाइनल खेलमा धीरजले सुरुवाती फ्रेमदेखि नै उत्कृष्ट पकड बनाएका थिए। पहिलो फ्रेममा ५३–७ अंकको जित दर्ता गरेका उनले दोस्रो फ्रेम ६०–३७ र तेस्रो फ्रेम ५१–२९ अंकले लगातार जित्दै ट्रफी हाथ पारे।


उपाधिसँगै च्याम्पियन धीरजले नगद ३१ हजार १ सय ११ रुपैयाँ र ट्रफी प्राप्त गरे भने उपविजेता बनेका नेहालले नगद १५ हजार ५ सय ५५ रुपैयाँ र ट्रफी हात पारे। त्यस्तै प्रतियोगिताभर सर्वाधिक ३७ अंक जोड्दै नेहाल सुनारले ‘हाइएस्ट ब्रेक’ (Highest Break) को उपाधिसहित थप नगद ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेका छन्।
स्थानीय खेलाडीहरूको सहभागितामा सम्पन्न यस दुई दिने प्रतियोगिताले क्षेत्रको स्नुकर खेल विकासमा थप उत्साह थपेको आयोजकले जनाएको छ।

spot_img

ताजा समाचार