काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १२ हजार ६०० रुपियाँ र चाँदी प्रतितोला १५५ रुपियाँले घटेको हो।

महासङ्घले निर्धारण गरेको दरभाउअनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ७१ हजार ७०० रुपियाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ७०० रुपियाँ कायम भएको छ।
यसअघि गत कात्तिक २३ गते छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ३०० रुपियाँ र चाँदी तीन हजार ८५५ रुपियाँमा कारोबार भएको थियो।







