
कञ्चनपुर: कञ्चनपुरको एक सहकारी संस्थाको बार्षिक साधारण सभा सम्पन्न भएको छ । भीमदत्त नगरपालिका ३ भाँसी महेन्द्रनगरमा रहेको सहयात्री बहुमुखी सहकारी संस्थाको १८औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो । १ फागुन ०६५ सालमा स्थापना भएको सहकारीको आईतबार एक कार्यक्रमका विच सहकारीकै भवनमा बार्षिक साधारण सभा सम्पन्न भएको जनाएको छ ।
कार्यक्रममा सहकारीका अध्यक्ष दुर्गा प्रशाद अवस्थीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको स्थापनादेखि हालसम्म पारदर्शी रुपमा संचालन भईरहेको बताए । अध्यक्ष अवस्थीले सहकारीको बृद्धि विकासका लागि सरोकारवा निकायबाट सहयोगको अपेक्षा लिएका छन ।

अध्यक्ष अवस्थीले प्रस्तुत गरेको प्रतिवेदनमा संस्थाको आर्थिक गतिबिधीलाई अझ प्रभावकारी बनाउँदै सदस्यहरुको आर्थिक सम्बृद्धि र दीगो विकासका योगदान पु¥याउने लक्ष्य रहेको प्रतिबद्धता जाहेर गरिएको छ ।
पछिल्लो एक बर्षमा दुईसय ३९शेयर सदस्य थपसंगै एक हजार ३सय ४९ शेयर सदस्य पुगेका छन । हाल एक करोड, ७३लाख, ९३ हजार कुल शेयर पुँजी पु¥याएको छ, दुई करोड, १८लाख, ५८ हजार ६सय ८०रुपैया बचत संकलन, ५करोड, ३७लाख, ८९ हजार, ७सय ८५रुपैया ऋण लगानी गरिएको छ । करपछि ११लाख ५४ हजार, ९सय ५०रुपैया नाफा लिएको छ । कुल दायित्व ६करोड, ७१लाख, ४९हजार, ९८रुपैया संकलन भएको छ । ऋर्णी अशुलीदेखि सहकारी क्षेत्रको बदलिदो कानूनी तथा नियामकीय व्यवस्था चुनौती रहेको औल्याईएको छ ।
सबै सदस्यहरुको बचतको सुरक्षा तथा उचित परिचान गर्ने नीति अघि सार्दै, ऋण लगानी उत्पादनशिल तथा सुरक्षित क्षेत्रमा लगाउने, सिटिटिभी क्यामेरा जडान, सदस्यता विस्तार, शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रलम संचालन गर्ने जनाएको छ ।
साधारण सभाबाट ११ बुँदे एजेण्डा पारित गरेको छ । आर्थिक बार्षिक प्रगति प्रतिवेदन अनुमोदन, लेखा प्रतिवेदन, नाफा बाँडफाँड, भवन निर्माण, बचत, ब्याजदरमा हेरफेर, कोषाध्यक्षको आर्थिक प्रतिवेदन, आगामी आर्थिक बर्षका लागि नीति, योजना कार्यक्रम स्वीकृत गरिएको छ ।
लेखा संयोजक आनन्दराज घिमिरेले आर्थिक कारोकारलाई पारदर्शी, व्यवस्थित, विश्वसनिय तथा प्रभावकारी बनाउनुपर्नेमा जोडदिए ।
कार्यक्रममा शेयर सदस्य, सल्लाहकारदेखिका विभिन्न समाजिक व्यक्तित्वहरुबाट सहयात्री बहुमुखी सहकारीले शुरुवातदेखि हालसम्म पारदर्शी रुपमा कामकाज गर्दै आएको जनाएको छ ।
सहकारीका शेयर सदस्य एव युवा सल्लाहकार विष्णूदत्त जोशीले केही समय अघि राष्ट्रिय स्तरमै सहकारी संकटमा परेका बेला सहयात्रीले निर्भिकताका साथ अघि बढेको बताए । उनले सहकारीमा एकसाथ बबण्डर मच्चिएका बेला सहयात्रीका शेयर सदस्यदेखिका कर्मचारी सबै बचतकर्ताहरुले उच्च विश्वासका साथ कामकाज अघि बढाएले सहकारीले यो उचाईमा पुग्न सफल भएको बताए । उनले सहकारीमा आबद्ध सबैविच एक आपसमा विश्वासको वातावरण भएकै कारण पनि सहकारीको यात्रा निरन्तर अघि बढिरहेको बताए ।
बिज्ञापन

बरिष्ठ समाजसेवी समेत रहेका विनोद सिह विष्टले पनि सहकारीले आफ्नो नीति, योजना अनुरुप समुदायमा प्रभावकारी कामकाज गरेको र आगामीदिनमा समेत गर्नुपर्नेमा जोडदिएका छन ।
अर्का सल्लाहकार शंकर बहादुर चन्दले सहकारीमा सबैले आ–आफ्नो स्थानबाट प्रभावकारी कामकाज भूमिका निर्वाह गर्दा यहाँसम्म आईपुगेको बताए । उनले सहकारीकै कारण गृहमन्त्रीको पदसमेत गएको दृष्ट्रन्त बताउँदै सहकारीमा सहयोग, सदभाव, आपसी भाईचारा, विश्वासको आवश्यकता रहेको औल्याए । पुर्व अध्यक्ष एव सल्लाहकार नर बहादुर साउदले आफ्नै कार्यकालमा एक भवन निर्माण भएको थप भवन निर्माणका लागि आवश्यक रहेको औल्याए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुप प्रदेश सभा सदस्य एव पुर्वमन्त्री बहाुदर सिह थापाले सहयात्री सहकारीले समुदायको बृद्धि विकासका लागि थुप्रै कामकाज गरेको बताउँदै आफ्नो तर्फबाट सक्दो सहयोगको बचन दिएका छन ।
कार्यक्रममा उत्कृष्ठ संस्थापक कर्मचारी पवित्रा चन्द, जेष्ठ नागरिकद्वय विष्णूसिह साउद, पार्वतीदेवी जोशी, असल बचतकर्ता कृष्ण साउद, नारायणी विष्ट, असल ऋर्णी तर्कराज भट्ट, पुजा कुमार ऐर, सहयोगी युवा व्यवसायी कमल प्रशाद जोशी, टोल स्तरिय क्रिकेट प्रतियोगितामा टिमलाई सम्मान एव पुरस्कृत गरेको छ । सहकारीका उपाध्यक्ष सरस्वती भाट(धामी)ले संचालन गरेको कार्यक्रममा विभिन्न सरोकारवाला क्षेत्रका प्रतिनिधीको सहभागिता रहेको थियो ।
बिज्ञापन







