धादिङमा जिप दुर्घटनामा एक महिलाको मृत्यु, ९ जना घाइते

प्रकाशित मिति:
spot_img

काठमाडौं । धादिङको रुबीभ्याली गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित ९ जना घाइते भएका छन्।

रुबीभ्याली गाउँपालिका–४ कलदाङस्थित लापाबाट बोराङतर्फ जाँदै गरेको बा प्र ०२–०३३ च ७१६९ नम्बरको बोलेरो गए राति १ बजेर ५५ मिनेटमा उकालो बाटोमा अनियन्त्रित भई करिब ४ सय मिटर तल खसेको हो।

दुर्घटनामा बोलेरोमा सवार रुबीभ्याली–४ बोराङकी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको छ।

यस्तै, दुर्घटनामा बोलेरो चालक खनियाबास गाउँपालिका–१ का ४० वर्षीय डम्बर तामाङ, रुबीभ्याली–४ बोराङका ३३ वर्षीया मिजोङ तामाङ र ११ वर्षीय आमोष तामाङसहित ९ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर र छ जनाको अवस्था मध्यम रहेको छ। घाइते सबैलाई उपचारका लागि स्वास्थ्य चौकी बोराङ पठाइएको छ।

spot_img

ताजा समाचार