काठमाडौं । सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका सातवटा प्रमुख निर्णय सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
सार्वजनिक निर्णयअनुसार आगामी मङ्सिर ६ र ७ गते प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्दै भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय भएको छ ।
यसैगरी, भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितको जीवन रक्षा तथा तत्कालीन आपत्कालीन उद्धार र राहत कार्यका लागि चीन सरकारबाट प्राप्त हुने २० लाख अमेरिकी डलर (दुई मिलियन डलर) नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । बैठकले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट ‘र्यापिड क्रेडिट फ्यासिलिटी’ अन्तर्गत प्राप्त हुने करिब १० करोड ७० लाख डलर (१०७ मिलियन डलर) बराबरको निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णयसमेत गरेको छ ।






