बैतडीमा बसको ढोकाबाट खसेर एक वृद्धको मृत्यु

प्रकाशित मिति:
spot_img

बैतडी । बैतडीको पाटन नगरपालिका–६ मेलतडामा गुडिरहेको बसको ढोकाबाट खसेर एक वृद्धको मृत्यु भएको छ । मेलौलीबाट महेन्द्रनगरतर्फ आउँदै गरेको म १ ख ९१९ नम्बरको बसबाट ओर्लने क्रममा लडेर स्थानीय ७० वर्षीय नारायण चन्द गम्भीर घाइते भएका थिए ।

घाइते चन्दलाई तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन हुँदै जिल्ला अस्पताल बैतडी पुर्‍याइएकोमा चिकित्सकले आइतबार दिउँसो मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि प्रहरीले बससहित चालक बैतडीको मेलौली नगरपालिका–९ रोगटाका ४८ वर्षीय अशोक चन्दलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको छ ।

spot_img

ताजा समाचार