बैतडी जिल्ला अदालतमा कार्यरत प्रहरी जवान ब्यारेकमै मृत फेला

प्रकाशित मिति:
spot_img

बैतडी, बैतडी जिल्ला अदालतमा कार्यरत एक प्रहरी जवान आफ्नै ब्यारेकको कोठामा मृत फेला परेका छन्। दार्चुलाको लेकम गाउँपालिका–४ घर भएका प्रहरी जवान भुपेन्द्रराम पार्की मङ्गलबार राति मृत अवस्थामा भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दिउँसोको ड्युटी सकेर अदालत परिसरभित्र रहेको ब्यारेकको आफ्नै कोठामा गएका पार्की ढोका बन्द रहेको अवस्थामा झुन्डिएको भेटिएका थिए।

बुधबार बिहान घरबाट आफन्त आएपछि जिल्ला अस्पताल बैतडीमा शव परीक्षण गरी परिवारको जिम्मा लगाइएको प्रहरी स्रोतले जनाएको छ। घटनाको कारण खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।

spot_img

ताजा समाचार