बाजुरामा गोली लागेर एक जनाको मृत्यु, आधा दर्जन भन्दा बढी घाइते

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर । बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोलीले एक जनाको मृत्यु भएको छ ।

बाजुराको त्रिवेणी नगरपालिका ७ स्थित अन्दाजी २५ वर्षीय सुरेन्द्र ऐडीको गोली लागेर मृत्यु भएको र अरु स्थानीयहरु घाइते अवस्था त्रासपूर्ण छ। कोलाहल र रुवाबासी चलेको छ।

स्थानीयले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन्। यस्तै गोली चलेर आधा दर्जन भन्दा बढी स्थानीय घाइते भएका छन्। घाइतेहरुको पहिचान हुन सकेको छैन्।

घाईतको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बाजुरा गएको छ। मतदान सकिने बेला विवाद भएपछि प्रहरीले गोली चलाएको थियो।

spot_img

ताजा समाचार