कांग्रेसका प्रधानमन्त्री देउवा डडेल्धुराबाट सातौं पटक विजयी

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट सातौ पटक विजयी भएका छन् ।

देउवाले २५ हजार ५३४ मत ल्याएर बिजयी भएका हुन । यस्तै देउवासँगै चुनावी प्रतिस्पर्धामा होमिएका सागर ढकालले १३ हजार ४२ मत पाएका छन ।

सागर ढकालले देउवाविरूद्ध उम्मेदवारी दिएपछि यति मत ल्याउलान् भन्ने धेरैले आश गरेका थिएनन् । देउवाले ढकाललाई १२ हजार ४ सय ९२ मतले पराजित गरेका छन् ।

२०७४ सालको निर्वाचनमा देउवा माओवादी केन्द्रका खगराज भट्टलाई ६ हजार ६ सय ८६ मतअन्तरमा पराजित गरेका थिए ।

देउवाले सो निर्वाचनमा २८ हजार ४४ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्द्वी भट्टले २१ हजार ४४ मत प्राप्त गरेका थिए ।एकमात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा देउवा ०४८ सालदेखि निरन्तर जित्दै आएका छन् ।

spot_img

ताजा समाचार