कञ्चनपुर, माघ १५ मंगलबारदेखि पश्चिम नेपाल गड्डाचौकी र पुर्वी नेपाल झापादेखि एकसाथ मिटर ब्याज बिरुद्धमा न्याय मार्च हुदैछ ।
मिटर ब्याज तथा ठगी बिरुद्ध किसान मजदुर संघर्ष समिति नेपालको आयोजनामा कञ्चनपुरको गड्डाचौकी र झापाको काँकटभित्तादेखि एक साथ मिटर ब्याज बिरुद्धमा न्याय मार्च हुन लागेको हो ।
मिटर ब्याज तथा ठगी बिरुद्ध किसान मजदुर संघर्ष समिति नेपालको सरकारले पीडितमाथि एक्सन नगरेको बाध्य भएर दुईं स्थानबाट एक साथ आन्दोलन गर्न लागेको बताए ।
मिटर ब्याज तथा ठगी बिरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका सह इन्चार्ज दामोदर ढकालले पश्चिम गड्डाचौकीदेखि बिहान शुरु गरेर किसान नेता सहिद भीमदत्त पन्तको सालिकमा अनावरण गरेर यात्रा अघि बढाईने बताए ।
मिटर ब्याज तथा ठगी बिरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका केन्द्रीय प्रतिनिधी अजय कार्कीले पीडितले न्याय नपाउँदासम्म आन्दोलन जारी रहेको बताए ।
मिटर ब्याज तथा ठगी बिरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका केन्द्रीय रिजन राणाले अझैपनि पीडकबाट जमिन फिर्ता हुन नसकेको अवस्थामा पीडितले न्याय नपाएकाले बाध्य भएर आन्दोलनमा उत्रिएको बताए । उनका अनुसार दुवै स्थानबाट शुरु भएको यात्रा चितवन हुँदै काठमाण्डौँ केन्दीत आन्दोलन गर्ने बताए ।
