मिटरब्याजी पीडित न्यायको यात्रामा !

कञ्चनपुर । पश्चिम नेपाल कञ्चनपुरको (नेपाल–भारत) ७नम्बर सीमा पिलरदेखि मिटर ब्याज बिरुद्धमा न्याय मार्च शुरु गरिएको छ । मंगलबार भीमदत्त नगरपालिका ११ गड्डाचौकीको सीमा पिलरदेखि मिटर ब्याज बिरुद्धमा न्याय मार्च पास शुरु गरिएको हो ।

मिटरब्याजी पीडितहरुले मसाल बालेर मिटर ब्याज बिरुद्धमा पैदल मार्च पास शुरु गरेर महेन्द्रनगर बजारमा रहेको किसान क्रान्तिकारी नेता सहिद भीमदत्त पन्तको सालिकमा समेत माल्र्यापण गरेका छन । साहुमहानहरुले ऋण दिएर उठिबास लगाएपछि बाध्य भएर न्यायका लागि मार्चपासमा हिडेको उनीहरुकाले बताएका छन ।

मिटर ब्याज तथा ठगी बिरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका सह इन्चार्ज दामोदर ढकालले पश्चिम गड्डाचौकीदेखि यात्रा शुरु गरेर किसान नेता सहिद भीमदत्त पन्तको सालिकमा माल्र्यापण गरेर यात्रा अघि बढाईने बताए ।

मिटर ब्याज तथा ठगी बिरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका केन्द्रीय प्रतिनिधी अजय कार्कीले पीडितले न्याय नपाउँदासम्म आन्दोलन जारी रहेको बताए ।उनका अनुसार सहिद दिवसकै दिन पश्चिम नेपाल गड्डाचौकी र पुर्वी नेपाल झापादेखि एकसाथ मिटर ब्याज बिरुद्धमा न्याय मार्च शुरु गरिएको बताए ।

मिटर ब्याज तथा ठगी बिरुद्ध किसान मजदुर संघर्ष समिति नेपालको आयोजनामा कञ्चनपुरको गड्डाचौकी र झापाको काँकटभित्तादेखि एक साथ मिटर ब्याज बिरुद्धमा न्याय मार्च गरिएको बताए । मिटर ब्याज तथा ठगी बिरुद्ध किसान मजदुर संघर्ष समितिको मागमा सरकारले पीडकमाथि एक्सन नगरेको बाध्य भएर दुईं स्थानबाट एक साथ आन्दोलन गर्न लागेको बताए ।

मिटर ब्याज तथा ठगी बिरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका केन्द्रीय रिजन राणाले अझैपनि पीडकबाट जमिन फिर्ता हुन नसकेको अवस्थामा पीडितले न्याय नपाएकाले बाध्य भएर आन्दोलनमा उत्रिएको बताए । उनका अनुसार दुवै स्थानबाट शुरु भएको यात्रा चितवनमा पुगेर त्यहाँबाट काठमाण्डौँ केन्दीत गरेर आन्दोलन गर्ने बताए ।

‘हामी पश्चिम महाकाली अर्को टोली पुर्व मेचीदेखि पैदल नै अघि बढ्छौँ, यस विचमा पीडितसंग छलफल गछौँ, दैनिक ५०किलोमिटर पैदल यात्रा गछौँ, ‘उनले भने, ‘जुन दिन चितवनको नारायण घाटमा पुग्छौँ, त्यहाँबाट दुवै टोली संघीय राजधानी केन्द्रीत भएर अघि बढछौँ, न्याय नपाउँदासम्म आन्दोलन निरन्तर जारी रहन्छ ।’ यस अघि पनि आन्दोलन गरेको बताउँदै उनले न्याय नपाएकाले बाध्य भएर पीडित यसै मरे, उसै मरे पैदलै राजधानी पुगेर आन्दोलन चर्काउने उनको चेतावनी छ ।

ताजा समाचार