महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका-०४ भासी जनज्योति चोकस्थित आधुनिक र परिवारमैत्री सेवासहित ‘फुडनगर’ रेष्टुरेन्ट औपचारिक रुपमा सञ्चालनमा आएको छ ।
रंगीन सजावट, आकर्षक बाहिरी डिजाइन र आधुनिक फुड–कन्सेप्टसहित सञ्चालनमा आएको यस रेस्टुरेन्टले महेन्द्रनगर र आसपासका स्वादप्रेमीहरूलाई नयाँ विकल्प प्रदान गरेको छ ।
उक्त रेष्टुरेन्टमा नेपाली, भारतीय, चाइनिज, फास्ट–फुड लगायतका विविध परिकार स्वच्छ वातावरणमा उपलब्ध छन् ।
परिवारमैत्री डाइनिङ, खुला स्पेस, छिटो सेवा र गुणस्तरीय सामग्री यसको प्रमुख विशेषता रहेको सञ्चालकले बताएका छन् ।
उद्घाटन समारोहमा स्थानीय सरोकारवालाहरूले भासी जनज्योति चोकजस्तो व्यस्त क्षेत्रमा यस्तो आधुनिक रेस्टुरेन्ट खुलेसँगै शहरको फुड–कल्चरमा नयाँ ऊर्जा आएको बताए ।


