कञ्चनपुरका तीन वटै क्षेत्रमा कांग्रेसको उत्साहपूर्ण मनोनयन दर्ता

प्रकाशित मिति:

महेन्द्रनगर । कञ्चनपुरका तीन वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले उत्साहपूर्ण वातावरणका बीच उम्मेदवारी मनोनयन दर्ता गरेको छ।
प्रतिनिधि सभा सदस्य पदका लागि निर्वाचन क्षेत्र नम्बर १ बाट गोपि उपाध्याय, क्षेत्र नम्बर २ बाट एनपी साउद तथा क्षेत्र नम्बर ३ बाट हरि बोहोराले उम्मेदवारी दर्ता गराएका हुन् ।

मनोनयन दर्ताका क्रममा पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

क्षेत्र नम्बर ३ का उम्मेदवार हरि बोहोराले वारेसनामार्फत उम्मेदवारी दर्ता गराएका छन्। तीन वटै क्षेत्रमा समयमै मनोनयन दर्ता गर्दै कांग्रेसले चुनावी अभियानलाई औपचारिक रूपमा अघि बढाएको छ।
कांग्रेस नेताहरूले कञ्चनपुरमा पार्टीको संगठन सशक्त रहेको र जनताको भरोसासहित निर्वाचनमा प्रतिस्पर्धा गरेको बताएका छन्। मनोनयन दर्तासँगै जिल्लामा चुनावी माहोल थप तातेको छ।

ताजा समाचार