डिष्ट्रिक लेभल म्याथम्याटिकल ओलम्पियाड को टप ४ मा इन्टरनेशनल पब्लिक स्कुलका विद्यार्थी

प्रकाशित मिति:

महेन्द्रनगर । म्याथम्याटिकल एसोसिएसन अफ नेपाल को आयोजनामा सम्पन्न जिल्लास्तरीय म्याथम्याटिकल ओलम्पियाडमा इन्टरनेशनल पब्लिक स्कुलका विद्यार्थीहरूले उल्लेखनीय सफलता हात पारेका छन् ।

कञ्चनपुर जिल्लाबाट सहभागी भएका विभिन्न विद्यालयका प्रतिभाशाली विद्यार्थीहरूबीच सम्पन्न प्रतियोगितामा टप ४ स्थानमा इन्टरनेशनल पब्लिक स्कुलका विद्यार्थी रहेका छन् ।

जम्मा ५० अंकको ५० प्रश्न समावेश गरिएको उक्त ओलम्पियाडमा इन्टरनेशनल पब्लिक स्कुलका सुप्रिम भण्डारी र सम्मान रावतले समान ४४–४४ अंक प्राप्त गर्दै संयुक्त रूपमा सर्वाधिक अंक ल्याएका छन् । यस्तै भरत भट्टले ४१ अंक र हिमेश भट्टले ३९ अंक ल्याउँदै उत्कृष्ट प्रदर्शन गरेका हुन् ।

उक्त प्रतियोगितामा कञ्चनपुर जिल्लाका ७ वटा विद्यालयबाट ४० जना विद्यार्थी सहभागी भएका थिए । प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न ओलम्पियाडमा विद्यार्थीहरूले तार्किक क्षमता, समस्या समाधान सीप र गणितीय सोचको उत्कृष्ट प्रस्तुति दिएका आयोजकले बताएका छन् ।

म्याथम्याटिकल एसोसिएसन अफ नेपालका अनुसार २३ अंकभन्दा माथि ल्याउने ३५ जना विद्यार्थी कञ्चनपुर जिल्लाबाट प्रदेशस्तरीय म्याथम्याटिकल ओलम्पियाडका लागि छनोट भएका छन् । यस्तै प्रदेश हुदैँ राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा प्रतियोगिता हने बताइएको छ ।

ताजा समाचार