काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा काठमाडौँ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रन्जु न्यौपाने विजयी भएकी छन्। उनले १५,४५५ मत प्राप्त गरेकी छन्।
न्यौपानेले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका प्रवल थापा क्षेत्रीलाई ९,०९१ को फराकिलो मतान्तरले पराजित गरेकी हुन्। क्षेत्रीले ६,३६४ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र ३,९७२ मतका साथ तेस्रो स्थानमा रहेका छन्।


