झापा-५ मा बालेन्द्र शाहको ऐतिहासिक जित: एमाले अध्यक्ष ओली भारी मतान्तरले पराजित

प्रकाशित मिति:

झापा, फागुन २३: प्रतिनिधिसभा निर्वाचनको ‘इपिसेन्टर’ मानिएको झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गर्दै शानदार जित हासिल गरेका छन्।

अन्तिम मतपरिणाम:
विजयी: बालेन्द्र शाह (रास्वपा) – ६८,३४८ मत
निकटतम प्रतिस्पर्धी: केपी शर्मा ओली (नेकपा एमाले) – १८,७३४ मत

बालेन्द्र शाह (बालेन) ले एमाले अध्यक्ष ओलीलाई ४९,६१४ को फराकिलो मतान्तरले पराजित गरेका छन्। काठमाडौं महानगरपालिकाका पूर्व-नगरप्रमुख समेत रहनुभएका शाहलाई रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेकाले पनि यो निर्वाचन क्षेत्र देशभर चासो र चर्चाको विषय बनेको थियो।

गत २०७९ को निर्वाचनमा यही क्षेत्रबाट विजयी हुनुभएका ओली यसपटक भने आफ्नो गढ मानिएको क्षेत्रमै फराकिलो मतान्तरले पराजित हुन पुगेका छन्। झापा-५ को यो नतिजाले देशको राजनीतिमा ठूलो तरंग पैदा गरेको छ।

ताजा समाचार