प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबिच भेटवार्ता

प्रकाशित मिति:

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबिच ४५ मिनेट भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार उक्त भेटवार्ता भएको हो।

भेटका क्रममा नेपाल र भारतबिचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध आयाममा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सो अवसरमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई बधाई तथा शुभकामना व्यक्त गर्दै दुई देशबिचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

भेटमा प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए।

ताजा समाचार