सभापति थापा समूहले रास्वपासँग मित लगाएको नेता बस्नेतको आरोप

प्रकाशित मिति:

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा समूहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग मित लगाएको आरोप लगाएका छन्।

काङ्ग्रेसको सिन्धु-काठमाडौँ सम्पर्क समितिको युवा भेलालाई सम्बोधन गर्दै बस्नेतले विगतको चुनावमा काठमाडौँ क्षेत्र नम्बर ४ मा रास्वपाकै सहयोगमा थापाले चुनाव जितेको दाबी गरे।

सम्बोधनका क्रममा उनले भने, “नौटङ्की गरेर रास्वपासँग मित लगाएर हिजो थापाजीले काठमाडौँ ४ मा जितेको हो। चितवनमा रास्वपालाई सहयोग गरेको काङ्ग्रेस स्वयंले हो। होइन भन्ने कोही छ? त्यसपछि अब त्यसरी ढाँटेर उहाँहरू अहिले पनि छलछाम गरेर भ्याउँछु भन्न खोजेको होलान्।”

नेता बस्नेतले आफूहरूले धोईपखाली गरेर फेरि इमानदार र सक्षम काङ्ग्रेस बनाउन खोजेको बताए। उनले दुई-चार दिनका लागि चटक देखाउने नभई मुलुक, जनता र प्रजातन्त्रका लागि सधैँ लड्ने काङ्ग्रेस बनाउने दाबी गरे।

ताजा समाचार