कांग्रेस इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि, उद्घाटन गर्न देउवा भोलि फर्किँदै

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। शशांक कोइराला संयोजक रहेको उक्त भेलाको उद्घाटन गर्न पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार बिहान ११ बजे हङकङबाट नेपाल फर्किँदै छन्।

अदालतमा मुद्दा विचाराधीन रहेका कारण यस भेलाबाट नयाँ नेतृत्व चयन हुने सम्भावना कम रहेको छ। भेलालाई भव्य बनाउन र देउवाको स्वागतका लागि उनका समर्थकहरूले व्यापक तयारी अघि बढाएका छन्। इतर समूहले पार्टीका आन्तरिक विषय र आगामी रणनीतिका बारेमा छलफल गर्न तीनदिने भेला डाकेको हो। भेलामा देशभरका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ।

ताजा समाचार