रसुवा बाढीका अज्ञात शव पहिचानका लागि आफन्तको डीएनए परीक्षण सुरु

प्रकाशित मिति:

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका तथा पहिचान खुल्न नसकेका मृतकहरूको पहिचानका लागि आफन्तजनको रगत सङ्कलन गरी डीएनए (DNA) परीक्षण प्रक्रिया थालिएको छ।

नेपाल प्रहरी अस्पताल, पानीपोखरीमा सञ्चालन भइरहेको रगत सङ्कलन तथा डीएनए परीक्षण कार्यअन्तर्गत बुधबार दिउँसो १२ बजेसम्म ६५ जना नेपाली तथा १३ जना विदेशी नागरिकका आफन्तको रगतको नमुना सङ्कलन गरिएको छ।

बाढीमा परी ज्यान गुमाएकामध्ये धेरैजसो शव क्षतविक्षत अवस्थामा फेला परेकाले पहिचान सुनिश्चित गर्न डीएनए परीक्षण विधि अपनाइएको हो।

ताजा समाचार