कैलालीको लम्कीचुहामा माइक्रोबसको ठक्करबाट  एक बालिकाको मृत्यु

प्रकाशित मिति:

धनगढी। कैलालीको लम्कीचुहामा माइक्रोबसको ठक्करबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका–८ गप्कामा बाटो काट्दै गरेकी १५ वर्षीया स्वस्तिका न्यौपानेको दुर्घटनामा परी ज्यान गएको हो।

सुदूरपश्चिम प्रदेश ०१–००१ ख ४०८५ नम्बरको माइक्रोबसले ठक्कर दिँदा गम्भीर घाइते भएकी न्यौपानेलाई तत्काल उपचारका लागि टीकापुर अस्पताल पुर्‍याइएको थियो। उनको उपचारका क्रममा बिहान ११ बजेर ७ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने माइक्रोबस र चालक प्रताप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

ताजा समाचार