मुस्ताङको लोमन्थाङ केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प

प्रकाशित मिति:

जोमसोम । मुस्ताङको लोमन्थाङ आसपास केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार मङ्गलबार राति ९ बजेर ५३ मिनेटमा उक्त भूकम्प गएको हो।

युरोपियन–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरका अनुसार भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा रहेको थियो।

भूकम्पको धक्का नेपालको मुस्ताङ, बागलुङ, धौलागिरि हिमशृङ्खला आसपासका क्षेत्र, देशका विभिन्न भूभाग तथा छिमेकी चीनको तिब्बतसम्म महसुस गरिएको थियो। भूकम्पबाट हालसम्म कुनै भौतिक वा मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन।

पछिल्लो समय हिमाली क्षेत्रमा भूकम्पसँगै पहिरो, हिमताल विस्फोट र बाढीजस्ता प्राकृतिक विपद्को जोखिम बढ्दै गएकाले सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन्।

ताजा समाचार