भदौ २४ को विध्वंस आवेग नभई योजनाबद्ध षड्यन्त्र थियो: एमाले अध्यक्ष केपी शर्मा ओली

प्रकाशित मिति:

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौ २४ गते भएको घटना लोकतन्त्र र राज्यका आधारस्तम्भमाथिको योजनाबद्ध आक्रमण भएको बताएका छन्।

भदौ २४ को विध्वंसको एक वर्ष पूरा भएको सन्दर्भमा विज्ञप्ति जारी गर्दै ओलीले शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गराएर मुलुकलाई अराजकतामा धकेलिएको दाबी गरे। सिंहदरबार र अदालतलगायतका संरचना जलाउने दोषीमाथि कारबाही हुनुपर्ने भन्दै उनले प्रतिशोधको राजनीति र दण्डहीनता अन्त्य गर्नुपर्ने माग गरेका छन्।

ताजा समाचार