सर्वोच्च अदालतमा फेरि आगलागी, तीन कम्प्युटर जले, मिसिल सुरक्षित

प्रकाशित मिति:

काठमाडौं । सर्वोच्च अदालतको निर्माणाधीन भवनस्थित मुद्दा फाँटमा बुधबार विद्युत् सर्ट भएर आगलागी भएको छ। कोठाभित्र रहेको मल्टिप्लगबाट सुरु भएको आगो केही समयभित्रै नियन्त्रणमा लिइएको थियो।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार समयमै आगो निभाइएकाले ठुलो क्षति हुन पाएन। आगलागीबाट तीन थान कम्प्युटर र एउटा टेबल जलेर नष्ट भएको छ भने महत्त्वपूर्ण मिसिल तथा कागजात सुरक्षित रहेका छन्। खबर पाउनासाथ प्रहरी र दमकलको टोली पुगेर आगो नियन्त्रणमा लिएको थियो। यसअघि गत भदौ १७ गते पनि अदालतको अभिलेख शाखामा आगलागी भएको थियो।

ताजा समाचार