प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे १४ अर्ब मौज्दात, रसुवा बाढीपीडितलाई एक अर्ब निकासा

प्रकाशित मिति:

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम झण्डै साढे १४ अर्ब रुपियाँ पुगेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहानसम्म सबै बैंक खाताहरूमा गरी कुल १४ अर्ब ४५ करोड ९८ लाख १० हजार १७८ रुपियाँ जम्मा भएको छ।

कार्यालयको विवरण अनुसार नौवटा वाणिज्य बैंकका खातामा १० अर्ब ७९ करोड २६ लाख ६४ हजार ८९८ रुपियाँ मौज्दात छ भने दुई बैंकमा रहेका विदेशी मुद्रा खातामा दुई करोड ३९ लाख ३० हजार ७३१ अमेरिकी डलर मौज्दात रहेको छ।

कोषमा जम्मा भएको रकममध्येबाट रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब रुपियाँ निकासा गरिसकिएको छ। सरकारले रसुवाका बाढीपीडित परिवारलाई आवास भाडा तथा खर्च व्यवस्थापनका लागि चार जनासम्मको परिवारलाई मासिक १५ हजार र सोभन्दा बढी सदस्य भए प्रतिव्यक्ति थप दुई हजार रुपियाँका दरले राहत उपलब्ध गराउने निर्णय कार्यान्वयनमा ल्याएको छ।

ताजा समाचार