
कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा SB Pastry and Bakery आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।
ग्राहकलाई गुणस्तरीय तथा स्वादिष्ट बेकरी परिकार र नास्ता उपलब्ध गराउने उद्देश्यले SB Pastry and Bakery सञ्चालनमा ल्याइएको सञ्चालक वीरेन्द्र वडले जानकारी दिनुभयो।
सञ्चालक वडका अनुसार यहाँ विभिन्न प्रकारका केक, पेस्ट्री, बेकरी आइटम, नास्ता तथा अन्य स्वादिष्ट परिकारहरू उपलब्ध हुनेछन्। ग्राहकको स्वाद र आवश्यकतालाई ध्यानमा राख्दै गुणस्तरीय सेवा प्रदान गर्ने उहाँले बताउनुभयो।
महेन्द्रनगर क्षेत्रमा बेकरी तथा नास्ताका परिकारका लागि सहज र आकर्षक गन्तव्य बनाउने उद्देश्य रहेको सञ्चालक वडले बताउनुभयो।
SB Pastry and Bakery महेन्द्रनगर, कञ्चनपुरमा रहेको छ। थप जानकारीका लागि ९७०२९३०५६१ मा सम्पर्क गर्न सकिनेछ।




