जापानमा पहिलोपटक ‘सुदूरपश्चिम सांस्कृतिक साँझ–२०२६’ आयोजना हुने, बाढीपीडितलाई सहयोग गरिने

प्रकाशित मिति:

धनगढी । सुदूरपश्चिमको मौलिक कला, संस्कृति, भाषा, भेषभूषा र पहिचानलाई प्रवासमा प्रवद्र्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले जापानमा पहिलोपटक सुदूरपश्चिम सांस्कृतिक साँझ–२०२६ आयोजना हुने भएको छ। सुदूरपश्चिम नेपाली समाज जापानको आयोजनामा आगामी अक्टोबर ११, २०२६ अर्थात् असोज २५ गते आइतबार टोकियोस्थित मेगुरो पर्सिमोन हलमा साँझ ५ बजेदेखि उक्त कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ।

सुदूरपश्चिमका मौलिक लोकसंगीत, लोकनृत्य र परम्परालाई जापानमा रहेका नेपाली समुदायमाझ चिनाउने र विदेशमा हुर्किरहेको नयाँ पुस्तालाई जन्मभूमिको सांस्कृतिक पहिचानसँग जोड्ने मुख्य ध्येयले यो कार्यक्रम गर्न लागिएको समाजका अध्यक्ष विकास रोकायाले जानकारी दिएका छन्। कार्यक्रममा सुदूरपश्चिमका चर्चित कलाकारद्वय चक्र बम र रेखा जोशीको विशेष सांगीतिक प्रस्तुति रहनुका साथै मौलिक लोकसंस्कृति झल्किने विभिन्न सांस्कृतिक प्रस्तुतिहरू रहनेछन्। प्रवासमा रहे पनि आफ्नो भाषा र संस्कृतिलाई निरन्तरता दिन यस किसिमका कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने हाम्रो संस्कृति, हाम्रो पहिचान भन्ने मूल भावसहित आयोजना हुने यस कार्यक्रमको भनाइ छ।

सांस्कृतिक प्रवर्द्धनसँगै सामाजिक उत्तरदायित्वलाई पनि जोडिएको यस कार्यक्रममार्फत नेपालमा पछिल्लो समय बाढी तथा डुबानबाट प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले बाढीपीडितका लागि हाम्रो अभियान सञ्चालन गरी राहत रकम संकलन गरिनेछ। टोकियोमा कार्यक्रम सम्पन्न भएको भोलिपल्ट अर्थात् अक्टोबर १२, २०२६ का दिन जापानकै ओसाका सहरमा पनि सुदूरपश्चिम केन्द्रित सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ, जसले जापानका विभिन्न क्षेत्रमा रहेका सुदूरपश्चिमेली तथा नेपाली समुदायलाई आपसी एकता र भाइचारामा जोड्नेछ। विदेशमा हुर्किरहेका बालबालिका तथा युवापुस्तालाई चाडपर्व, लोकगीत र परम्पराबारे जानकारी गराउँदै पुस्तान्तरण गर्ने माध्यमका रूपमा अघि बढाइएको यस कार्यक्रममा सहभागिताका लागि समाजका सदस्य निमल खड्का लगायत सम्पूर्ण आयोज

ताजा समाचार