पूर्वप्रधानन्यायाधीश पक्राउको कानुनी आधारमाथि प्रश्न : अवस्था बुझ्न मानव अधिकार आयोग पुग्यो टेकु

प्रकाशित मिति:

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको नियन्त्रणमा रहनुभएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली टेकु पुगेको छ।

गएराति काठमाडौँको महाराजगञ्जस्थित निजी निवासबाटै नियन्त्रणमा लिइएका जबरालाई कुन कसुर वा पक्राउ पुर्जीका आधारमा राखिएको हो भन्नेबारे प्रहरी तथा सरकारी निकायहरूले हालसम्म कुनै औपचारिक जानकारी सार्वजनिक गरेका छैनन्।

यसैबीच अपराध अनुसन्धान कार्यालय टेकुका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सन्तोष खड्काले पूर्वप्रधानन्यायाधीश जबरामाथि ‘सुरक्षा चुनौती (थ्रेट)’ देखिएका कारण उहाँलाई सुरक्षाका निम्ति कार्यालयमा ल्याएर राखिएको दाबी गर्नुभएको छ।

मुलुकको न्यायपालिकाको नेतृत्व सम्हालिसकेका र हाल अवकाश जीवन बिताइरहेका एक वरिष्ठ नागरिकलाई रातको समयमा विनापुर्जी नियन्त्रणमा लिइएको भन्दै प्रहरीको कार्यशैलीप्रति कानुनी तथा नागरिक वृत्तबाट गम्भीर प्रश्न उठाइएको छ। कुनै ठोस कानुनी आधार वा अभियोग स्पष्ट नगरी उच्चपदस्थ व्यक्तिलाई नियन्त्रणमा राखिएपछि मानव अधिकारको अवस्था बुझ्न आयोगको टोली टेकु पुगेको हो।

ताजा समाचार