
काठमाडौँ– स्थानीय बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपियाँ र चाँदीको मूल्य प्रतितोला ६० रुपियाँले घटेको हो।
मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ९०० रुपियाँमा कारोबार भइरहेको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार ८०० रुपियाँमा खरिद-बिक्री भएको थियो।
त्यसैगरी, सेतो धातु चाँदीको मूल्य पनि तोलामा ६० रुपियाँले घटेर प्रतितोला चार हजार ३९० रुपियाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला चार हजार ४५० रुपियाँमा कारोबार भएको थियो।




