पश्चिमी र मनसुनी वायुको प्रभाव : विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना

प्रकाशित मिति:

सुदूरपश्चिम । हाल देशका विभिन्न भूभागमा पश्चिमी वायु र मनसुनी वायुको दोहोरो प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली, सुदूरपश्चिम तथा गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव छ भने कोशी, मधेश, बागमती तथा गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभागमा मनसुनी वायुको आंशिक प्रभाव कायम छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। तराईका एक–दुई स्थानमा समेत हल्का वर्षा हुनसक्नेछ।

यसैगरी आज राति देशका पहाडी तथा तराई भूभागमा साधारणतया बदली रहनेछ। मधेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम र हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै तराईका भूभागहरूमा बिहानीपख हुस्सु लाग्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

ताजा समाचार