एलिनालाई पूर्वपतिको प्रश्न : हरेक कुरा चलाउन मेरो नाम चाहिने नै हो ?

प्रकाशित मिति:

काठमाडौं । गायिका एलिना चौहानको व्यवसाय (कपडा पसल) सञ्चालनमा रहेको घर किनेर उनलाई पसल सार्न बाध्य पारेको भन्दै चलेको हल्लाप्रति उनका पूर्वपति विष्णु सापकोटाले कडा आपत्ति जनाउँदै खण्डन गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सापकोटाले आफूले घर किनेको विषय समाचार पढेर मात्र थाहा पाएको भन्दै व्यङ्ग्य गरेका छन्। आफ्नो नाम जोडेर ‘मिडिया ट्रायल’ गर्ने र कन्टेन्टको पहुँच बढाउने सुनियोजित प्रयास भइरहेको उनको आरोप छ।

सापकोटाले लेखेका छन्, “कहिले गीत चलाउन, कहिले जिन्दगी चलाउन त कहिले व्यवसाय चलाउन विष्णु नभई नहुने भएको हो त बजारमा ?” सम्बन्ध समाप्त भइसकेकाले हरेक विषयमा आफूलाई तानेर विवाद सिर्जना नगर्न उनले आग्रह गरेका छन्। बिनाआधार फैलाइने अफवाह र चरित्रहत्याले व्यक्तिगत जीवन तथा समाजमा नकारात्मक असर पार्ने भन्दै उनले सत्यतथ्य नबुझी यस्ता भ्रामक खबरको पछि नलाग्न अनुरोध गरेका छन्।

ताजा समाचार