दशौँ राष्ट्रिय खेलकुद : सुर्खेतमा मूल आयोजक समितिको बैठक सुरु

प्रकाशित मिति:

सुर्खेत । आसन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ को तयारीका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा मूल आयोजक समितिको बैठक सुरु भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा आइतबारदेखि बैठक सुरु भएको हो। बैठकको अध्यक्षता शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गर्नुभएको छ।

बैठकमा मन्त्री पोखरेलसहित कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही, खेलकुद मन्त्रालय तथा परिषद्का उच्च पदाधिकारी, प्रदेशका खेलकुद प्रतिनिधिहरू एवम् सरोकारवालाहरूको उपस्थिति रहेको छ।

आगामी मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समग्र पूर्वतयारी, खेल पूर्वाधारहरूको निर्माण तथा स्तरोन्नति, व्यवस्थापन, खेलाडीहरूको बन्दोबस्ती र प्रतियोगिता सञ्चालनसम्बन्धी कार्ययोजनामाथि बैठकमा गहन छलफल भइरहेको आयोजकले जनाएको छ।

ताजा समाचार