रौतहटमा आलुको बोराभित्र लुकाएर ल्याइएको १२ थान अवैध मोबाइलसहित भारतीय नागरिक पक्राउ

प्रकाशित मिति:

रौतहट । रौतहट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याउँदै गरेको करिब २ लाख रुपैयाँ मूल्य बराबरको १२ थान मोबाइल फोनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। गौर नगरपालिका–१ स्थित भन्सार गेटअगाडि चेकजाँचका क्रममा यात्रुवाहक टाटा सुमोको छतमा रहेको आलुको बोराभित्र लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा भारत, सीतामढीका ४१ वर्षीय अमरनाथ चौधरीलाई संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका चौधरी र बरामद मोबाइललाई थप कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

ताजा समाचार