राज्यको गोप्य सूचना दुरुपयोग गर्नेलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ

प्रकाशित मिति:

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको संवेदनशील तथा गोप्य सूचना दुरुपयोग गर्ने जो–कसैलाई कानुनी दायरामा ल्याइने बताएका छन्। गृह मन्त्रालय र मातहतका निकायमा रहेर अनाधिकृत व्यक्तिलाई सूचना चुहाउने प्रवृत्ति लामो समयदेखि आफूले नियालिरहेको उल्लेख गर्दै उनले गोपनीयतामाथि विश्वासघात गर्नेलाई कुनै उन्मुक्ति नदिइने बताए।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले राज्यको संवेदनशील सूचना निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको स्पष्ट पारेका छन्। पदले सूचनामा पहुँच दिए पनि दुरुपयोग गर्ने छुट कसैलाई नहुने उल्लेख गर्दै उनले देश र सङ्गठनमाथि विश्वासघात गर्ने जोसुकैलाई कानुनको कठघरामा उभ्याइने चेतावनी दिएका छन्।

ताजा समाचार