पूर्वराष्ट्रपति भण्डारीले सम्हालिन् एमाले वरिष्ठ नेताको जिम्मेवारी, अध्यक्ष ओलीद्वारा शपथ

प्रकाशित मिति:

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिस्ट पार्टी (एमाले) को वरिष्ठ नेताको जिम्मेवारी सम्हालेकी छन्। पार्टीको स्थायी कमिटी बैठकका क्रममा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। यससँगै राष्ट्रपतिको कार्यकाल सकिएपछि दलीय राजनीतिबाट अलग रहेकी भण्डारी औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा फर्किएकी छन्।

एमालेले यसअघि असोज ८ गते नै उनलाई अध्यक्षपछिको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेतामा मनोनीत गर्ने निर्णय गरेको थियो। शपथ ग्रहणसँगै भण्डारीलाई पार्टीका केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालय बैठकमा सहभागी हुने जिम्मेवारी दिइएको छ।

ताजा समाचार