बूढीगण्डकीमा लेदोसहितको बाढी आउनुको कारण खुल्यो : सेना भन्छ– ‘सुक्खा पहिरोले नदी थुनिएर फुट्यो’

प्रकाशित मिति:
spot_img

काठमाडौं । गोरखाको माथिल्लो भेगमा सुक्खा पहिरोले थुनिएको बूढीगण्डकी नदी खुलेपछि आएको भीषण लेदोसहितको बाढीले तटीय क्षेत्रमा भौतिक क्षति पुर्‍याएको छ। बाढीले गोरखा–धादिङ जोड्ने पक्की पुलको एक भाग, दुईवटा झोलुङ्गे पुल र निर्माणाधीन जलविद्युत् आयोजनाको संरचनासहित स्थानीयका घरटहरामा क्षति पुर्‍याएको छ।

आइतबार बिहान ५:५५ बजे बूढीगण्डकी थुनिएको प्रारम्भिक खबर प्राप्त भएलगत्तै नेपाली सेनाको श्री नम्बर ३ बाहिनी अड्डा तथा रुद्रध्वज गण, सुरक्षा पोष्ट बाङ्गसिङ्गबाट रेकी टोली खटिएको थियो। सो टोलीले चुमनुब्री गाउँपालिका–३ फिलिमस्थित साँघुरो खोँचमा सुक्खा पहिरो खसेर नदी थुनिएको पुष्टि गरेको हो। केही समयपछि थुनिएको नदी खुलेपछि तल्लो भेगमा लेदो, ढुङ्गा र गेग्रानसहितको तीव्र बाढी बगेको नेपाली सेनाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई जानकारी गराएको छ।

ताजा समाचार