१० वर्षदेखि दसैँमा आफ्नै भत्ता बाँड्दै वडाध्यक्ष कुँवर, यस वर्ष १६५ नागरिक लाभान्वित

प्रकाशित मिति:
spot_img

कञ्चनपुर । भीमदत्त नगरपालिका–१ का वडा अध्यक्ष आसिफ कुँवर (भुन्टु) ले निर्वाचनको वाचा पूरा गर्दै यस वर्ष पनि आफ्नो सरकारी भत्ताबापतको रकम दसैँ खर्चका रूपमा वितरण गरेका छन्। लगातार दुई कार्यकाल निर्वाचित कुँवरले विगत १० वर्षदेखि मासिक २२ हजार ४७० रुपैयाँ भत्ता जम्मा गरेर ७० वर्षमाथिका ज्येष्ठ नागरिक, असहाय तथा अति अशक्त व्यक्तिलाई बाँड्दै आएका हुन्।

यस वर्ष उनले १६५ जनालाई रकम सहयोग गरेका छन्। १० वर्षको अवधिमा भत्ताबापत प्राप्त २७ लाख रुपैयाँभन्दा बढी रकम नागरिकको खुसीका लागि खर्च गरिसकेको उनले बताएका छन्। जनप्रतिनिधिले आफ्नो सुविधा चाडपर्वमा बाँडेपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन्।

ताजा समाचार